• बैशाख २३ २०८३, बुधबार

राप्रविसंको इकाइ अधिवेशन: चन्द्रकान्त जोशीको नेतृत्वमा २० सदस्यीय कार्यसमिति गठन

असार १७ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको नोबेल कलेज ईकाइ समितिको अधिवेशनबाट चन्द्रकान्त जोशीको नेतृत्वमा २० सदस्यीय ईकाइ कार्यसमिति गठन गरिएको छ ।

बिहिबार सम्पन्न गरिएको सो अधिबेशनबाट उपाध्यक्षमा अविनाष तिवारि र सुवास खनाल, सचिबमा आयुष साही, सहसचिवमा उमेस जोशी, कोषाध्यक्षमा अनिष्का रौनियार, सह-कोषाध्यक्षमा सोभियत चन्द ठकुरी र सदस्यहरुमा रोशन न्यौपाने, प्रिन्सबाबु डाँगी, गणेश पाण्डे, मनिष शाह, कोमल किषन चौधरी, सन्दिप के.सी., बर्षात के.सी., कमल कुमार शाह, प्रबिण पटेल, अमित शाह, रोशनी राई, रोश्मा देउजा, स्वीटी थापा श्रेष्ठ निर्वाचित भएका थिए ।

संगठनका केन्द्रीय अध्यक्ष धनसुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संगठनका उपाध्यक्ष जे.पि. बगाले तथा विद्यार्थी नेता दिपेश साहीको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष धनसुर शाहीले अबको विद्यार्थी नेतृत्व सिर्जनसिलतासँगै जोड्ने भन्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको ३ महिनाभित्रमा भातृ संगठनहरुको महाधिवेशन गर्ने निर्देशन अनुरुप विभिन्न क्याम्पस तथा जिल्ला ईकाइहरुमा धमाधम अधिवेशन हुन थालेको छ ।

पुर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त यस नेबेल कलेज काठमाडौंको सिनामंगलमा अवस्थित रहेको छ । यहा जनस्वास्थ्य र व्यवस्थापन संकायमा बिभिन्न बिषयहरुको अध्यापन गराइदेै आएको छ ।