• जेष्ठ १ २०८३, शुक्रबार

थप तीन जनामा हैजा संक्रमण पुष्टि,संक्रमितको संख्या १७ पुग्यो

असार १७ २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा संक्रमण पुष्टि भएको  छ ।

योसँगै हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये १२ पुरुष र पाँच महिला रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । त्यसमध्ये ५ जनाको भने उपचार भइरहेको छ ।

गत असार ५ गते काठमाडौंमा पहिलोपटक हैजा पुष्टि भएको थियो ।