• बैशाख २३ २०८३, बुधबार

अध्यक्ष ओली र गौतमबीच बालकोटमा भेटघाट

असार १६ २०७९, बिहीबार

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँगको भेटमा संयोजक गौतमले आफ्नो तीन महिने अभियानको बारेमा जानकारी गराउँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ ।

गौतमले आफ्नो अभियान र एकताका बारेमा कुरा राखेको अध्यक्ष ओली सचिवालयका रामशरण बजगाईंले जानकारी दिए ।