गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास एवं यातायात व्यवस्था मन्त्री कुमार खड्काले समाजका सत्यतथ्य सूचना बाहिर ल्याउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित सञ्चार र सूचना प्रविधिको जानकारी एवम् फोटो र भिडियोसम्बन्धी अभिमुखीकरण तालिमको आज पोखरामा उद्घाटन गर्दै उहाँले निष्पक्ष पत्रकारिताले समाज तथा राष्ट्रमा निरन्तर खबरदारी गर्ने बताए ।
पत्रकारको क्षमता अभिवृद्धिका लाति तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले तालिमका सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरे । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष अमृत सुवेदीले तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सरकारको विद्यमान कार्यविधि परिवर्तन गर्नु जरुरी भएको बताए।