काठमाडौं । फुटको संघारमा रहेको जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार बैठक असार २७ र २८ गते वीरगन्जमा बस्ने गरी बोलाइएको छ । जसपाको केन्द्रीय समिति ४९९ जनाको छ ।
पछिल्लो समय संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षबीच जसपाभित्र चरम विवाद छ ।
दुबै नेताहरूले बुधबार सौहार्दपूर्ण तरिकाले आआफ्नो बाटोमा हिँड्ने समझदारी गरेका छन् ।