• चैत्र २५ २०८१, मंगलवार

नेपालबाट एक करोड रुपैयाँको कपाल विदेश निर्यात

असार १६ २०७९, बिहीबार

काठमाडौं । नेपालबाट विभिन्न देशमा एक आर्थिक वर्षमा एक करोड रुपैैयाँको कपाल निर्यात हुने गरेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल निर्यात भएको छ ।

सैलुनमा गएर काटेको कपाल सञ्चालकले जम्मा गरेर बेच्ने गरेका छन् । जुन कपाल निर्यातकर्ताले विभिन्न मुलुकमा निर्यात गर्छन् । यस अवधिमा नेपालबाट ११ हजार ८७० किलोग्राम कपाल निर्यात भएको तथ्यांकले देखाउँछ ।

नेपालबाट बंगलादेश, दक्षिण कोरियामा यस प्रकारका कपाल निर्यात हुने गरेको छ । यी तीन मुलुकमध्ये म्यानमारले ८५ लाख २१ हजार रुपैयाँको कपाल निर्यात भएको छ भने बंगलादेशमा ४६ लाख २५ हजार रुपैयाँको कपाल निर्यात भएको छ । यसैगरी, कोरियामा ८९ हजार रुपैयाँको कपाल निर्यात भएको छ ।