काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । बुधबार थप दुई जनामा हैजा पुष्टि भएको छ ।
योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म १४ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र दिसा कल्चर विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
मिश्राका अनुसार, हैजा पुष्टि हुनेमा चार महिला १० जना पुरुष छन् । त्यसैले सबैलाई सचेत रहन डा। मिश्राको आग्रह छ । उमेरअनुसार सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिमा हैजा पुष्टि भएको छ । यो उमेर समूहका तीन जना पुरुष र दुई जना महिला हुनुहुन्छ ।
काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ । पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरबाट लिएको १८ वटा पानीको नमूनामध्ये १२ वटा नमूनामा इकोलिन फेला परेको थियो ।
इडिसिडी र केयुकेयलले संयुक्तरुपमा लिएको ४९ वटा पानीको नमूना परीक्षण गरिएकोमा ३५ वटा नमूनामा इकोलिन फेला परेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।