• मंसिर ९ २०८१, आईतवार

यी हुन् सबैभन्दा धेरै र कम बजेट सार्वजनिक गर्ने महानगर (बजेटसहित)

असार ११ २०७९, शनिबार

काठमाडौं । केही स्थानीय तहमा भएका अवरोधबाहेक देशका सबै स्थानीय तहले आउँदो आव ०७९ ८० का लागि अनुमानित आय–व्यय विवरण अर्थात् बजेट सार्वजनिक गरेका छन्  । जसमध्ये देशमा महानगरको उपाधि पाएका ६ वटा स्थानीय तहले पनि आफ्नो क्षमताले भ्याउनेसम्मको अनुमानित बजेट ल्याएका छन् ।

स्थानीय तहहरू बजेट ल्याउने, तर खर्च गर्न नसक्ने आरोपबाट मुक्त हुन सकेका छैनन् । तैपनि, केही महानगरपालिकाले बजेटमा उल्लेख्य वृद्धि गरेका छन् भने केहीले विगतबाट शिक्षा लिँदै बजेटको आकार घटाएका छन् ।

सबैभन्दा बढी बजेट काठमाडौं महानगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम वीरगन्ज महानगरपालिकाको रहेको छ ।
काठमाडौंले साढे ६ अर्ब रुपैयाँ बढाएर ल्यायो बजेट चालू आवमा १८ अर्ब ९५ करोड बजेट ल्याइएकामा अर्धवार्षिक समीक्षामार्फत दुई अर्ब ६९ करोड घटाई १६ अर्ब २६ करोडमा झारिएको थियो  ।

खर्च क्षमता निकै कमजोर रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९ ८० लागि २५ अर्ब ४१ करोडको बजेट ल्याएको छ । जुन चालू आर्थिक वर्षभन्दा ६ अर्ब ४६ करोड रुपैयाँ बढी हो । उपमेयर सुनीता डंगोलले महानगरको ११औँ नगरसभामा शुक्रबार २५ अर्ब ४१ करोड ९६ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।

मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष ०७९ ८० का लागि तीन अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको ११औँ नगरसभाको अधिवेशनमा उपमेयर इम्तियाज आलमले बजेट प्रस्तुत गरेकी हुन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।