• मंसिर १० २०८१, सोमबार

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१, डिजेल र मट्टितेल २७ रुपैयाँले वृद्धि

असार ६ २०७९, सोमबार

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

निगमले आइतबार राति विज्ञप्ति जारी गर्दै पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ ले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य)तर्फ अमेरिकी डलर सयले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ ।

निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत् नै राखिएको जनाएको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।