• मंसिर ७ २०८१, शुक्रबार

नेपालको एमालेप्रति मोह कायमै : संसद् विघटनलाई गल्ती स्वीकार गरे एमालेसँग तालमेल गर्ने

असार ६ २०७९, सोमबार

काठमाडौं । नेकपा (एमाले)ले संसद् विघटनमा कमजोरी महसुस नगरेसम्म उससँग चुनावी गठबन्धन वा पार्टी एकताको सम्भावना नरहेको माधवकुमार नेपालले प्रस्ट्याए ।

‘जसले संविधान मिच्ने काम गर्‍यो, पटक–पटक संसद् विघटन गर्ने काम गर्‍यो, त्यो पक्षले आफ्नो गल्ती–कमजोरी कति महसुस गरेको छ, यो कोणबाट हेर्ने हो भने कहीँ–कतै महसुस गरेको देखिँदैन ।

जे गरियो, गजब गरियो भनिसकेपछि त्यसमा पनि कुरा मिल्ने देखिएन,’ नेपालले भने, ‘त्यसमा महसुस भएको छ भने हामीलाई सुनाइदिनुहोला ।

त्यसपछि जिन्दगीभरि नकारात्मक भइरहनुपर्ने आवश्यकता छैन, विचार मिल्नेहरू नै एक ठाउँमा उभिने हुन् ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।