• मंसिर ७ २०८१, शुक्रबार

विदेशको कमाइले श्रीमतिको नाममा जग्गा पास, श्रीमति परपुरुषसँग टाप ! बालबच्चाको बिचल्ली

असार ४ २०७९, शनिबार

काठमाडौं । मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ ।

बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो । पत्नी सुनैनाले आफ्नो नामको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे ।

उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ । छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ । त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ । तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण गरिन् ।’

हरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्‍यो । हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।