• मंसिर ७ २०८१, शुक्रबार

जसपा फुट उन्मुख : अध्यक्ष उपेन्द्र यादवलाई हटाउने बाबुराम भट्टराईको तयारी

असार ४ २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ ।

जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन् ।

भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफै बैठक बोलाउने गृहकार्यमा जुटेका छन् ।

भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ । अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ (उपेन्द्र यादव)कै हातमा छ, भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौँ । तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ ।ु यो समाचार नागरिक दैनिकमा छ ।