• मंसिर ७ २०८१, शुक्रबार

लोसपालाई तीनतिरबाट अफरै-अफर, अध्यक्ष महन्थ ठाकुर के गर्लान् ?

जेष्ठ २६ २०७९, बिहीबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे ।

जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले बुधबार सार्वजनिक रूपमै पार्टी एकीकरण गर्न लोसपाका नेताहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि भेटमा ठाकुरलाई सहकार्य र गठबन्धनका लागि आग्रह गरेका थिए ।

यो भनेको हामीलाई तीनतिरबाट गरिएको अफर हो, लोसपाका एक नेताले भने, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामी गठबन्धनका पक्षमा छौं ।

त्यसका लागि सबै (काँग्रेस, एमाले र जसपा)सँग कुरा भइरहेको छ । ठाकुरसँगको भेटमा देउवाले सहकार्य गर्न प्रस्ताव राखेको लोसपाका नेता शरतसिंह भण्डारीले बताए । यो समाचार नागरिक दैनिकमा छ ।