• मंसिर ७ २०८१, शुक्रबार

जन्मदिन मनाउन बोलाएर १६ वर्षीया बालिकालाई विवस्त्र बनाई सामूहिक बलात्कार

जेष्ठ २४ २०७९, मंगलवार

बाँके, राप्ती सोनारी निवासी १६ वर्षीया बालिका र बैजनाथका हेमराज थारुबीच करिब एक वर्षअघि फेसबुकमार्फत चिनजान भयो ।

त्यसपछि उनीहरु दुवैको कुराकानी गर्ने माध्यम फेसबुकलाई नै बनाउन थाले । फेसबुक म्यासेन्जरबाटै भिडियो र अडियो कल गरेर उनीहरुबीच कुराकानी हुन थाल्यो ।

दुवै जना परिचित नहुदै हेमराजले सिर्जनालाई माया गर्ने आश्वासन समेत बाँड्न थाले । सिर्जनाले भने हेमराजको प्रस्ताव र कुरालाई सहजै पत्याइनन्, तर फेसबुकमा कुराकानी गर्न भने छाडिनन् ।

गत शनिबार (जेठ २१ गते)का दिन हेमराजले सिर्जनालाई एउटा निम्तो गरे । ‘आज मेरो जन्मदिन परेको छ, तिमी जसरी भएपनि म कहाँ आउनुपर्छ र जन्मदिन सँगै मनाउँला ।’

संयोगले त्यसदिन खजुरास्थित आफन्त कहाँ पुगेकी थिइन् । जन्मदिनको निम्तो स्वीकार गर्दै हेमराजले बोलाएको ठाउँमा उनी पुगिन् । अपरान्ह करिव ४ बजेतिर उनीहरुबीच भेटघाट गर्ने समय तोकियो । हेमराजले सिर्जनालाई खजुरा गाँउपालिका वडा नम्बर ६ मानखोला नजिक भेट्न बोलाए ।

सिर्जनालाई बोलाएको ठाउँमा हेमराज एक्लै भने थिएनन् । हेमराजसहित उनका साथीहरु विक्रान्त थारु, राजकुमार थारु, प्रविण थारु र निराजन थारु पनि थिए ।

त्यहाँबाट उनीहरुले सिर्जनालाई मोटरसाईकलमा राखेर मानखोला (बाँके र बर्दियाको सिमा) नजिक बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा पर्ने फुलवारी सामुदायिक वन क्षेत्रमा पुर्याए ।

साथमा उनीहरुले मदिरा पनि बोकेका थिए। सामुदायिक वन क्षेत्रमा पुगेपछि उनीहरु सबैले मदिरा सेवन गरे र सिर्जनालाई पनि जवरजस्ती खान बाध्य बनाए ।

मदिराको नसाले उनी जब लठ्ठ परिन्, त्यही मौका छोपेर युवाहरु उनीमाथी आइलागे । त्यहाँ रहेका पाँचै जना युवाले बेलुका करिव ६ बजेदेखी राती १२ बजेसम्म पालैपालो बलात्कार गरे । यो समाचार नागरिक दैनिकमा छ ।