काठमाडौं। नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मुलुकको आवश्यकता भएको पनि बताए ।
वाम एकता आवश्यक भएपनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरुनै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए । यो समाचार नागरिक दैनिकमा छ ।