• मंसिर ११ २०८१, मंगलवार

त्रिविमा विद्यार्थी नेता विद्यार्थीको माग सम्बोधन गर्नुको साटो ताला बन्द गर्न र तोड्नमा व्यस्त

जेष्ठ २० २०७९, शुक्रबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् ।

विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ ।

आफूहरूले लगाएको ताला फुटाएर क्रान्तिकारीले मुठभेड गर्न खोजेको आन्दोलनकारीले आरोप लगाएका छन् । नेविसङ्घ त्रिवि समितिका सभापति योगेन्द्र रावलले आफूहरूले उठाएको शैक्षिक मुद्दालाई कमजोर बनाउन क्रान्तिकारीले ताला फोडेको आरोप लगाए ।

नेविसङ्घले गत माघ ६ गतेदेखि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।