• मंसिर ८ २०८१, शनिबार

गठबन्धनको एमाले बढार्ने नीति : कार्यपालिका सदस्यको निर्वाचनमा पनि चुनावी तालमेल गर्न प्रदेश र जिल्ला समितिलाई निर्देशन

जेष्ठ १७ २०७९, मंगलवार

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धको बैठकले कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनबीच सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

सत्तारूढ पाँचदलीय गठबन्धनको हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमैत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।