• बैशाख २८ २०८३, सोमबार

दुई ट्रक एक आपसमा ठोक्किँदा आगलागी,एक ट्रक जलेर नष्ट

जेष्ठ १४ २०७९, शनिबार

बारा ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा  ठोक्किँदा दुर्घटना भएको छ ।

हेटौंडाबाट बारा आउँदै गरेको ना६ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४२४२ नम्बरको मिनी ट्रक  उपमहानगरपालिकाको वडा नम्बर-२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ ।

उक्त दुर्घटनामा ना६ख ३२८६ नम्बरको ट्रकको तार सट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।