काठमाडौं । स्थानीय तह निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् ।
जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् ।
यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी), राजुसिंह कठायत (चन्दननाथ नगरपालिका, जुम्ला) र कमलबहादुर शाही (खाँडाचक्र नगरपालिका, कालिकोट)को प्रमुखमा विजयी भएका छन् ।
स्वतन्त्रतर्फबाटै दौलथकुमार कुलुङ राई (साल्पासिलिछो गाउँपालिका, भोजपुर), ज्ञानेन्द्र रुम्दाली (मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा), कार्मा छोइवेल गुरुङ (डोल्पोबुद्ध गाउँपालिका, डोल्पा), मोहनबहादुर केसी (सान्नी–त्रिवेणी गाउँपालिका, कालिकोट), प्यारीलाल शाही (चंखेली गाउँपालिका, हुम्ला) र सन्तोषप्रकाश जोशी (डिलासैनी गाउँपालिका, बैतडी)को अध्यक्षमा निर्वाचित भएका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।