बुटवल। बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे निर्वाचित भएका छन्। एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन्।
पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी भट्टराईले २२ हजार ५९७ मत ल्याए । यस्तै राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत प्राप्त गरे।
जितको औपचारिक घोषणा हुन भने बाँकी छ।
यस्तै उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् । उनले २४ हजार ९०४ मत ल्याइन्।
सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चीन बहादुर गुरूङले १७ हजार ९८० मत ल्याए।
राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९मत ल्याएकी छन्। काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ भने एमाले ५ वडामा विजयी भएको छ।