• बैशाख २३ २०८३, बुधबार

कलैया उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

जेष्ठ ६ २०७९, शुक्रबार

बारा । बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेले प्रमुख र उप प्रमुख पद जितेको छ । उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको हो ।

उपमहानगरको प्रमुखमा एमालेका विनोद साह २४ हजार १३९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेकी रौशन परविन विजयी भएकी छन् । परविनले १९ हजार २५१ मत ल्याएर विजयी हुँदा गठबन्धनतर्फका जनता समाजवादी जसपाका प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाए ।

साह र यादवबिच २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यस बेला प्रमुख/उपप्रमुख दुवै काँग्रेसले जितेको थियो ।