• बैशाख २३ २०८३, बुधबार

विराटनगर महानगरको प्रमुखमा काँग्रेसको अग्रता कायमै

जेष्ठ ५ २०७९, बिहीबार

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै रहेको छ।

मतगणना गरिएको आज साँझ सम्मको परिणा आनुसार नागेश कोइरालाले २० हजार ७ सय ९५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका सागरकुमार थापाले १५ हजार ४ सय ३४ मतका साथ पछाइरहेका छन् ।

यस्तै महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्कीले १७ हजार ८ सय ७९ मतका साथ अग्रता कायम गरिहेकी छन् भने उनलाई जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १० हजार ३ सय ९४ मत ल्याएर पछाइरहेका छन् ।

महानगरपालिकामा ८९ हजार ६ सय मत खसेकोमा अहिले सम्म ६४ हजार २ सय ८० मत गणना भइसकेको छ ।