काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन् । उनले ९ हजार ४३ मत प्राप्त गरेका छन् ।
त्यस्तैउपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन् ।
उनले ८ हजार ८६५ मत प्राप्त गरेकी छन् ।
उक्त नगरमा २०७४ मा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।