• मंसिर ८ २०८१, शनिबार

मतगणना सुस्त, अन्तिम परिणाम आउँन १० दिन लाग्ने

जेष्ठ १ २०७९, आईतवार

काठमाडौं । निर्वाचन आयोगले मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनाको अन्तिम परिणाम १० दिनभित्र सार्वजनिक गर्ने दाबी गरेको छ ।

ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना भइरहेको छ । तर धेरै मतदाता भएका सबै महानगरको गणना निकै सुस्त छ ।

सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको टोली शनिबार काठमाडौं महानगरपालिका र भक्तपुरका मतगणनास्थलको अनुगमनमा निस्केको थियो ।

अनुगमनपछि थपलियाले मतगणनास्थल थप गरेर गणनाको गति बढाउने योजना बनाएका हुन् । २०७४ को निर्वाचनमा अन्तिम मतपरिणाम आउन १७ दिनसम्म लागेको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।