काठमाढौं । स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन् ।
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको सुरुआती मतगणनाअनुसार काठमाडौं महानगरबाहेक अन्यमा गठबन्धनका उम्मेदवार अघि छन् ।
त्यस्तै, ११ उपमहानगरको प्रारम्भिक मतगणनामा पनि गठबन्धनका उम्मेदवारहरूले बहुमत स्थानमा अग्रता कायम गरेका छन् ।
तुलसीपुरबाहेक १० उपमहानगरपालिकामा जारी मतगणनाको प्रारम्भिक मतगणनाअनुसार ६ उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणनाले सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा गरेको चुनावी तालमेल सकारात्मक ढंगले अघि बढ्न सक्ने संकेत गरेको छ । तर गणना भएको मत संख्या नगण्य हो । यो समाचार नागरिक दैनिकमा छ ।