• मंसिर ८ २०८१, शनिबार

तीन अध्यक्षसहित ३९० जना निर्विरोध, पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रो माओवादी केन्द्र

बैशाख २५ २०७९, आईतवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन्  । ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि वैशाख ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले शनिबार निर्विरोध निर्वाचितको विवरण सार्वजनिक गरेको हो । कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

आयोगका अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।

पालिका अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका छन् । प्रदेश १ मा ४३, मधेसमा ९, वाग्मतीमा ४६, गण्डकीमा ११२, लुम्बिनीमा ८, कर्णालीमा १५७ र सुदूरपश्चिममा १५ जना निर्वाचित भएका छन् ।

एमालेका १७, कांग्रेसका १६, समाजवादीका ६, माओवादीका ३ र स्वतन्त्र ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । सबैभन्दा बढी दलित महिला सदस्य निर्वाचित भएका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।