काठमाडौं । गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो । खसेको मतमा १ लाख ११ हजार ८५ मत मात्रै सदर भयो । बाँकी १९ हजार २ सय ५४ मत बदर भयो ।
पनि ५ हजार ५ सय ९३ मत पूर्ण रूपमा बदर भयो। मतपत्रमा लगाइएका छापमध्ये कुनै पनि काम नलाग्ने अवस्था हुनुलाई पूर्ण रूपमा बदर मानिन्छ । त्यतिबेला निर्वाचन आयोगमार्फत जिल्लाभरि एक महिने निर्वाचन शिक्षा कार्यक्रम पनि सञ्चालन भएको थियो ।
३ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाइएका थिए । तर बदर मत धेरै देखिँदा निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नभएको विश्लेषण गर्न सकिन्छ । मतदाताहरूले मतपत्रमा ल्याप्चेसमेत लगाएको भेटिएको थियो ।
स्थानीय निर्वाचनको पाँच महिनापछि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत सङ्ख्या झनै बढ्यो । त्यतिबेला जिल्लामा बदर भएको मत सङ्ख्या २५ हजार ६ सय ८५ थियो ।
प्रतिनिधिसभातर्फको १३ हजार ७ सय १६ मत र प्रदेशसभातर्फको ११ हजार ९ सय ६९ मत बदर भएको थियो । त्यो बेला तीन निर्वाचन क्षेत्र रहेको दाइमा कुल २ लाख २ ९ हजार ४ सय ९८ मत खसेको थियो । यो समाचार नागरिक दैनिकमा छ ।