• मंसिर ८ २०८१, शनिबार

बाबु माओवादी केन्द्रका नेता, छोरा विप्लव पक्षबाट स्वतन्त्र उम्मेदवार, चुनावमा चुनौती बने छोरा

बैशाख २१ २०७९, बुधबार

काठमाडौं । पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् ।

स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन् ।

बुवा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता हुन् भने छोरा विप्लवका जिल्ला स्तरीय नेता हुन् । छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो ।

माओवादी केन्द्रका नेतासमेत रहेका उनीहरू रोल्पा सुनिल स्मृति गाउँपालिका वडा न ६ गजुलका स्थायी वासिन्दा हुन् । वडाध्यक्षको उम्मेदवार बनेका सन्तोष जनतामा आफूबारे धारणा राम्रो रहेको बताउँदै विपक्षले भ्रम छर्न खोजेको आरोप लगाउँछन् ।

‘बुवाको कारण मेरो भोट घट्दैछ,’ उनी भन्छन् । यो समाचार नागरिक दैनिकमा छ ।