काठमाडौं । केही महिनादेखि नेपालमा पनि चर्चामा रहेको ई-सिम चाँडै नै नेपाल टेलिकमले ल्याउँदैछ । विश्वका कतिपय देशले ईसिम प्रयोगमा ल्याइसकेका छन् । नेपालमा पनि ईसिम न्याँ प्रयोगमा आउन लागेको हो ।
ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने डिभाइस आवश्यक हुन्छ ।
यसबाट फोन गर्ने र डेटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ ।
हालका सबै प्रयोगकर्ताले ई-सिम प्रयोग गर्नसक्ने छन् भने नयाँ प्रयोगकर्ताले समेत ई-सिम लिनसक्ने टेलिकमले जनाएको छ ।