• मंसिर ८ २०८१, शनिबार

सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याएको रोगको उपचारमा वार्षिक ४० अर्ब खर्च

बैशाख १३ २०७९, मंगलवार

काठमाडौं । चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ । नेपाल विकास अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले त्यस्तो तथ्य बाहिर ल्याएको हो ।

परिषद्ले नेपालमा चुरोटको अवैधानिक व्यापारु शीर्षकमा गरेको एक अनुसन्धानपछि सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालले सुर्तीजन्य पदार्थका कारण बेहोर्नुपरेको आर्थिक घाटाबारे जानकारी दिइएको छ ।

परिषद्ले सन् २०२० मा गरेको सो अध्ययनले सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगका उपचारमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वार्षिक ४० अर्ब खर्च हुने निष्कर्ष निकालेको हो ।

परिषद्का अनुसार सुर्तीजन्य पदार्थ खरिद गर्दा लाग्ने खर्च, सुर्तीजन्य पदार्थको सेवनपछि लाग्ने दम, मुटुजन्य रोग र क्यान्सर रोगको उपचारमा लाग्ने खर्च र सुर्तीजन्य पदार्थले रोगी बनेपछि उत्पादनमा लाग्न नसक्दा हुने घाटासहितको खर्च हिसाब गर्दा वार्षिक ४० अर्ब रुपैयाँ क्षति हुने गरेको देखिएको हो ।

यो खर्च कुल गार्हस्थ्य उत्पादनको १।०४ प्रतिशत आर्थिक क्षति हो। धुवाँरहित सुर्तीजन्य पदार्थको लागत जोड्ने हो भने खर्च अझ थपिने परिषद्ले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।