• बैशाख २४ २०८३, बिहीबार

सुर्खेतमा माओवादीले एक्लै गरायो मनोनयन दर्ता

बैशाख १२ २०७९, सोमबार

सुर्खेत । नेकपा माओवादी केन्द्रको तर्फबाट वीरेन्द्रनगर नगरपालकिा सुर्खेतको मेयर पदमा राजेन्द्रदेव गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ दलहरु बिच सहमति नजुटेपछि माओवादी केन्द्रको तर्फबाट सुर्खेतको मेयरमा गिरीले र उपमेयर पदमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गराउन माओवादी केन्द्रका जिल्ला इन्चार्ज झक्कबहादुर मल्लसहितका नेता कार्यकर्ता पुगेका थिए ।