काठमाडौँ। भारतमा कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २५ सय जनामा सङ्क्रमण फेला परेको र थप ३३ जनाको मृत्यु भएको भारतका सरकारी अधिकारीहरूले जनाएका छन् ।योसँगै त्यहाँ कुल संक्रमितको संख्या ४ करोड ३० लाख ५४ हजार भन्दा बढी पुगेको छ भने मृतकको संख्या ५ लाख २२ हजार नाघेको छ ।
दैनिक संक्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४ सय ५१ जनामा मात्र संक्रमण फेला परेको थियो ।
यद्यपि नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७९ रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।