एजेन्सी । अमेरिकाको वासिङ्टनमा गोलावारी हुँदा ३ जना घाइते भएका छन् । सञ्चारमाध्यमका अनुसार हमला गर्ने आक्रमणकारी फरार रहेका छन् ।
घटनापछि उक्त क्षेत्रमा लकडाउन जस्तो स्थिति रहेको छ भने प्रहरीले सर्वसाधारण नागरिकलाई सुरक्षित स्थानमा लगिरहेका छन् । प्रहरीले आक्रमणमा घाइते भएका ३ जनालाई अस्पताल लगिएको जनाएको छ । घाइतेमा २ जना वयस्क रहेका छन् ।