• फाल्गुन २६ २०८२, मंगलवार

जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि

बैशाख ८ २०७९, बिहीबार

एजेन्सी । जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।

लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका अध्यक्षहरूको जी २० बैठक र जी ७ बैठकमा भाग लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जर्मनीले हाल जी ७ को अध्यक्षता गर्दै आएको छ । मन्त्री ठिक हुनु भएको र उहाँलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । मंगलबार बर्लिनबाट वाशिंगटन र बुधवार वाशिंगटनमा उनको उडान अघिको परीक्षणहरू नेगेटिभ रहेको बताइएको छ ।