• मंसिर ८ २०८१, शनिबार

कांग्रेसले खटायो सात प्रदेशमा सात चुनावी कमान्डर, कुन प्रदेशमा कसको नेतृत्व ? (नामावलीसहित)

बैशाख ६ २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि सात प्रदेशमा केन्द्रबाट सात जना सहमहामन्त्रीलाई चुनावी कमान्डर तोकेको छ ।

केन्द्रीय परिचालन समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काले सातै प्रदेशमा स्थानीय तह निर्वाचनको नतिजा कांग्रेसको पक्षमा आउने गरी समन्वय र चुनावी परिचालनका लागि केन्द्रमा महामन्त्री विश्वप्रकाश शर्मा र सात प्रदेशमा सात जना सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन् ।

प्रदेश १ का लागि सहमहामन्त्री जीवन परियार, मधेश प्रदेशका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बे, वाग्मती प्रदेशका लागि सहमहामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेशका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, लुम्बिनी प्रदेशका लागि सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशका लागि सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशका लागि सहमहामन्त्री किशोरसिंह राठौरलाई जिम्मेवारी तोकिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।