• चैत्र २५ २०८१, मंगलवार

मन्त्रिपरिषद् पाँचौं पटक हेरफेर, को-को बने मन्त्री ?

चैत्र २५ २०७८, शुक्रबार

काठमाडां । प्रधानमन्त्री देउवाले यसअघि गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए ।

कांग्रेस नेता हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (हाल निलम्बित)को सिफारिसमा मन्त्री बनाएको भन्दै आलोचना भएको थियो । आलोचना भएपछि मन्त्रीमा नियुक्त भएको २४ घण्टा पनि बित्न नपाउँदै हमालले राजीनामा दिएका थिए ।

त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले हेर्दै आएका थिए । कांग्रेस संस्थापन इतर समूहको सिफारिसमा कानुनमन्त्री भएका बडुलाई मन्त्रिपरिषद् विस्तारसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

यसअघि प्रधानमन्त्री देउवाले असार २९, साउन १०, असोज ६ र २२ गते मन्त्रिपरिषद् गठन, विस्तार र कार्यविभाजन गरेका थिए । कतिपय मन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री देउवा असन्तुष्ट छन् ।

केही मन्त्रीको जिम्मेवारी खोस्ने र केही नयाँलाई सरकारमा ल्याउने पक्षमा रहेका देउवाले रक्षा मन्त्रालय आफैंले हेर्दै आएका छन् ।

पार्टीको १४औं महाधिवेशनमा देउवा इतर समूहबाट महामन्त्रीको प्रत्यासी बनेका मीनेन्द्र रिजालले निर्वाचन परिणाम आफूअनुकूल नआएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

कानुनमन्त्रीका रूपमा बन्दीले शपथ लिएसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ । बडु र बन्दी दुवैले बिहीबारै जिम्मेवारी समालेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।