• मंसिर ८ २०८१, शनिबार

सत्तासाझेदार दलहरूको चुनावी तालमेल, एमाले एक्लैले बहुमत ल्याउने रणनीति कायमै

चैत्र १६ २०७८, बुधबार

काठमाडौं । सत्तागठबन्धनबीच स्थानीय तहको निर्वाचनमा तालमेल निश्चित देखिए पनि एमालेले एकल प्रतिस्पर्धा गर्ने मूल नीतिमा हेरफेर नगर्ने प्रतिक्रिया दिएको छ ।

एकल प्रतिस्पर्धाबाटै चुनाव जित्ने रणनीति एमालेको छ । यद्यपि, स्थानीय आवश्यकताका आधारमा तालमेलमा एमाले पनि खुला छ ।

कांग्रेसले स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय लिए पनि मूलतः एकल प्रतिस्पर्धा गर्ने पार्टीको पछिल्लो निर्णयमा कुनै फेरबदल नगर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एमालेले लगातार गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीबाट कार्यकर्ता प्रवेश गराउने नीति अभियानकै रूपमा चलाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।