• मंसिर ९ २०८१, आईतवार

निर्वाचन आचारसंहिता : दलका उम्मेदवारको चुनावी खर्च बैंकबाट गर्नुपर्ने किन ?

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने नियम बनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचन आचार संहिता २०७८ मार्फत चुनावमा हुने निर्वाचन खर्चलाई मितव्ययी र पारदर्शी बनाउन बैंकिङ प्रणालीबाटै खर्च गर्नुपर्ने भनेको हो ।

बिहीबार राजपत्रमा प्रकाशित आचार संहितासम्बन्धी सूचनाअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरूले बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ ।

यस्तै, राजनीतिक दलले पनि चुनावसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मरवार पदाधिकारीमार्फत नै खर्च गर्नुपर्नेछ ।

आयोगले स्थानीय तहअनुसार उम्मेदवारले गर्न पाउने रकमको खर्च सीमा पनि तोकेको छ । यस्तै, ५० हजारभन्दा बढी आर्थिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ ।

दल र उम्मेदवारहरूले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने निर्वाचन आचार संहितामा उल्लेख छ । यो समाचार राजधानी दैनिकमा छ ।