स्वयमलाई बाइजेन्टाइन साम्राज्यको परम्परा बताउने अर्धपूर्वात्य रूसी राजतन्त्र केन्द्रीय शक्तिहरूको पतनको एक वर्षभन्दा धेरै समय पहिले नै पतित भइसकेको थियो । जारशाही युद्धको केही वर्ष पहिलेदेखि नै त्यसले बर्बादीको लक्षण प्रकट गरिरहेको थियो ।
राजदरबार एक विचित्र धार्मिक ढोंगी रास्पुटिनको प्रभावमा थियो । नागरिक तथा सैन्य प्रशासन अत्यधिक असक्षमता र भ्रष्टाचारको शिकार थिए । रूसमा युद्धको प्रारम्भमा जबर्जस्त देशभक्तिपूणर् उत्साह थियो । अनिवार्य भर्तीद्वारा एक विशाल सेना खडा गरियो जसको लागि न त पर्याप्त सैन्य सरसमान उपलब्ध थिए र न तिनको नेतृत्व गर्ने उपयुक्त अधिकारी थिए र यस विशाल सेनालाई जर्मन र अस्ट्रियाली सीमाहरूतर्फ हाँकिदिइयो ।
यसमा कुनै शंका छैन कि सेप्टेम्बर सन् १९१४ मा पूर्वी प्रसियामा रूसी सेनाहरूको प्रथम आगमनले जर्मनहरूको ऊर्जा र ध्यानलाई पेरिसमाथि तिनको प्रथम विजय अभियानबाट हटाइदियो । हजारौं हजार रूसी किसानका समस्याहरू र मृत्युहरूले फ्रान्सलाई त्यस महत्वपूणर् प्रारम्भिक अभियानको समयमा पूणर् पराजयबाट बचायो र सम्पूणर् पश्चिम यूरोपलाई ती महान् रूसीहरूको ऋणी बनाइदियो ।
तर यस निरर्थक फैलिरहेको र अव्यवस्थित साम्राज्यमाथि युद्धको दबाब त्यसको शक्तिको हिसाब भन्दा धेरै भारी थियो । साधारण रूसी सिपाहीहरूलाई युद्धमा तिनको मद्दत गर्नका लागि बिना बन्दुकहरू र एम्युनिशन पठाइयो र सैन्यवादी उत्साहको बेहोसीमा अधिकारीहरू तथा जनरलहरूद्वारा तिनीहरूलाई बर्बाद गरियो ।
एक समयमा त उनीहरूले यस्ता मौन पीडा सहन गरेको प्रतीत भयो जस्तो कि जंगली पशु गर्दछन्, तर अत्यधिक अज्ञानी मानिसहरूको पनि सहनुको सीमा हुन्छ । धोका खाएका र बर्बाद गरिएका यी सेनाहरूको माध्यमबाट जारशाहीको विरुद्धमा घोर घृणाको भाव फैलिरहेको थियो । सन् १९१५ को अन्तको समयदेखि रूस आफ्नो पश्चिमी सहयोगीहरूको लागि बढ्दो चिन्ताको कारण बनिरह्यो । १९१६ मा पूरा वर्षभरी उसले रक्षात्मक लडाइँहरू नै लडिरह्यो र जर्मनीसँग अलग्गै शान्ति सन्धिको अफवाहहरू पनि फैलिइरह्यो ।
२९ डिसेम्बर १९१६ मा पेत्रोग्रादमा एक रात्रिभोजको समयमा साधु रास्पुटिनको हत्या गरियो तथा जारशाहीलाई व्यवस्थित गर्ने एक विलम्बित प्रयास गरियो । मार्चसम्म घटनाचक्र अत्यन्तै तीव्रतापूर्वक अगाडि बढिरह्यो । पेत्रोग्रादमा खानको लागि शुरु भएका दंगाहरूले क्रान्तिकारी विद्रोहको रूप धारण गरे । प्रतिनिधि संस्था दुमालाई दबाउने प्रयास गरियो, उदारवादीहरूलाई गिरफ्तार गर्ने प्रयास गरिए ।
राजकुमार ल्वोफको नेतृत्वमा एक अस्थायी सरकारको गठन गरियो र जारद्वारा पदत्याग पनि गरियो । एक समय यस्तो प्रतीत भयो कि संभवतः एक नयाँ जारको नेतृत्वमा एक उदार र नियन्त्रित क्रान्ति सम्पन्न थियो । तत्पश्चात यो स्पष्ट हुनगयो कि रूसमा मानिसहरूको विश्वास यति धेरै टुटिसकेको थियो कि यस्तो कुनै समायोजन संभव नै थिएन । रूसी जनता यूरोपको पुरानो व्यवस्था, जार, युद्ध तथा महानशक्तिहरू सबैलाई समाप्त गरिदिनको लागि पागल थिए ।
उनीहरू असहनीय समस्याहरूबाट राहत चाहन्थे । सहयोगीहरूलाई रूसी वास्तविकताहरूको केही अत्तोपत्तो थिएन, तिनका राजनयिक रूससँग अनविज्ञ थिए । भद्र कुलीन मानिस सावधानीपूर्वक रूसलाई निर्देश गर्नुको सट्टा राजदरबारलाई निर्देशित गरिरहेका थिए । उनीहरूले नयाँ परिस्थितिहरूसँगै निरन्तर भूल गरिरहे । राजनीतिज्ञहरूमा गणतन्त्रवादप्रति कुनै सद्भाव थिएन र नयाँ सरकारलाई अधिकाधिक गला लगाउने भावना स्पष्ट थियो ।
रूसी गणतान्त्रिक सरकारको मुख्य पदमा रेस्की नामका कुशल वक्ता र सुरम्य नेता थिए, जसमाथि देशभित्र एक गम्भीर क्रान्तिकारी आन्दोलन ‘सामाजिक क्रान्ति’ले जोड्दार हमला बोलिदियो र बाहिर सहयोगी शक्तिहरूले आफ्नो थापे । उसका सहयोगीहरूले न त उसलाई जमिनको लागि भौका किसानहरूको जमिन दिन दिए र न सीमाहरू शान्ति स्थापना गर्न दिए । फ्रान्सेली र ब्रिटिश प्रेसले आफ्ना थाकेका सहयोगीहरूलाई नयाँ हमलाको लागि परेशान गरे, तर जब जर्मनहरूले रीगामाथि समुद्र र स्थल दुवैबाट जोड़दार आक्रमण गरे, तब ब्रिटिश नौसेना राहतको लागि बाल्टिक अभियानको संभावनाभन्दा पहिले नै उद्विग्न भए ।
नयाँ रूसी गणतन्त्रले कुनै मद्दतबिना नै लड्नुपन्यो । यो विरोधको बावजुद ध्यान दिन योग्य तथ्य हो कि नौसेनाको मामिलामा आफ्नो सर्वोच्चता र महान अंग्रेज र एडमिरल लर्ड फिशर (ई. १८४१- १९२०) को कटु अंग्रेजहरू र तिनका सहयोगीहरूले पनडुब्बीद्वारा गरिएका केही हमलाहरूलाई छोडेर केही गरेनन् र पूरा युद्धको क्रममा जर्मनहरूलाई बाल्टिक सागरमाथि आफ्नो प्रमुत्य बनाइराख्न दिए ।
रूसी जनता युद्धलाई कुनै पनि मूल्यमा समाप्त गर्नको लागि दृढप्रतिज्ञ थिए । पेत्रोग्रादमा श्रमिकहरू र आम सिपाहीहरूको एक प्रतिनिधि संस्था सोभियत अस्तित्वमा आइसकेको थियो र यो संस्था स्टकहोममा समाजवादीहरूको अन्तरराष्ट्रिय सम्मेलनको आयोजनको लागि हल्ला मच्चाइरहेका थिएन । यसबेला बर्लिनमा खानको लागि दंगा भइरहेका थिए । अस्ट्रिया र जर्मनी युद्धबाट अत्यधिक थाकेका थिए र पछिका घटनाहरूको प्रकाशमा हेर्दा यसमा कुनै शंका छैन कि यसप्रकारका सम्मेलनले १९१७ मा लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित एक न्यायसंगत शान्ति तथा जर्मनी क्रान्तिलाई संभव बनाइदिएको हुन्थ्यो ।
केरेन्स्कीले आफ्नो पश्चिमी सहयोगीहरूबाट यस सम्मेलनको आयोजना गर्ने अनुमति दिने कुराको निवेदन गयो, तर विश्वव्यापी स्तरमा समाजवाद र गणतन्त्रवाद फैलिने कुराबाट भयभीत सहयोगीहरूले ब्रिटिश लेबर पार्टीको सानो बहुमतको सकारात्मक लाइनको बावजूद मनाही गरिदिए । सहयोगीहरूबाट कुनै नैतिक अथवा भौतिक मद्दतबिना पनि बेखुशी रूसी गणतन्त्रले लडाई जारी राख्यो र जुलाईमा एक अन्तिम जोडदार प्रयास गयो । केही प्रारम्भिक सफलताहरूपछि यो असफल हुनगयो र रुसीहरूको एकपटक पुनः कल्लेआम हुनगयो ।
रूसीहरूको धैर्यको सीमा समाप्त भइसकेको थियो । रूसी सेनाहरूमा विशेषगरी उत्तरी मोर्चामाथि विद्रोह भयो र ७ नोभेम्बर १९१७ मा केरेन्स्की सरकारलाई उखेलेर फ्याँकियो र सत्तामाथि सोभियतहरूको कब्जा हुनगयो, जसमा लेनिनको नेतृत्वमा बोल्सेभिकहरूको प्रभुत्व थियो । नयाँ सरकारले पश्चिमी शक्तिहरूको पर्वाह नगरी शान्ति स्थापित गर्ने फैसला गर्यो । २ मार्च १९१८ मा ब्रेस्ट लिटोव्स्कमा रूस र जर्मनीको बीचमा सन्धिमा हस्ताक्षर भयो ।
अत्यन्तै तीव्रतापूर्वक यो स्पष्ट हुनगयो कि यी बोल्सेभिक समाजवादी केरेन्स्कीको क्रमका आडम्बरी संविधानवादीहरू र क्रान्तिकारीहरू भन्दा भिन्न गुण भएका मानिस थिए । ती मानिस कट्टर मार्क्सवादी साम्यवादी थिए । तिनको विश्वास थियो कि रूसमा तिनको सत्ता प्राप्त गर्नु एक विश्वव्यापी सामाजिक क्रान्तिको प्रारम्भ मात्र थियो उनीहरू दृढ विश्वास तथा पूणर् अनुभवहीनतासँगै सामाजिक आर्थिक व्यवस्थालाई बदल्नमा लागे पश्चिम यूरोपीय र अमेरिकी सरकारहरूलाई गलत सूचनाहरू प्राप्त भइरहेको थियो र तिनीहरू यस स्थितिमा थिएनन् कि यस असाधारण प्रयोगलाई निर्देशित गर्न सकन अथवा त्यसको मद्दत गर्न सकेन् ।
प्रेस तिनको प्रतिष्ठा गिराउनमा लागे र शासक वर्गका मानिस कुनै पनि शतं र कुनै पनि मूल्यमा आफ्नो लागि अथवा रूसको लागि यी सत्ता अपहारकहरूको विनाश गर्नमा लागे सारा संसारको प्रेसमा घृणास्पद असत्यहरूको प्रचार चलिरह्यो । बोल्शेभिक नेताहरूलाई हत्या र लुटपाटमा गलासम्म डुबेका, कामुकताको जीवन जीउनेहरूको रूपमा चित्रित गरियो, जसको समक्ष रास्पुटिनकालीन जारशाही दरबारको सच्चाइहरू दागविहीन लाग्न लाग्यो थाकेको देशमाथि हमला गरियो ।
विद्रोहीहरू तथा आक्रमणकारीहरूई प्रोत्साहित गरियो तथा तिनलाई अस्त्रशस्त्र र धन दिइयो । र, बोकोभिक शासनका भयाक्रान्त शत्रुहरूको लागि आक्रमणको कुनै पनि तरीका अत्यधिक तुच्छ अथवा अत्यधिक भयानक थिएन । पाँच वर्षसम्म चलेको भयानक युद्धको कारण पहिलेदेखि नै थाकिसकेका र अव्यवस्थित देशमाथि शासन गरिरहेका रूसी बोल्शेभिक १९१९ मा अर्चेन्जलमा ब्रिटिश आक्रमणकारीहरूसँग, पूर्वी साइबेरियामा जापानी आक्रमणकारीहरूसँग, दक्षिणमा फ्रेन्च र ग्रीक सेनाहरूसँग आक्रमण गरिरहेका रुमानियासँग, साइबेरियामा रूसी एडमिरल कोलचाकसँग तथा क्रीमियामा बेडाको मद्दतले लडिरहेका रूसी जनरल देनिकिनसँग लडिरहेका थिए ।
त्यस वर्षको जुलाई महिनामा जनरल यूनिकको नेतृत्वमा एस्तोनियाई सेना लगभग पीटर्सबर्गसम्म पुग्यो । ई. १९२० मा फ्रान्सेलीहरूद्वारा उक्साइएका पोलहरूले रूसमाथि एक नयाँ हमला बोलिदियो र एक नयाँ प्रतिक्रियावादी जंगबाज जनरल रैन्गनले आफ्नै देशमाथि हमला गर्ने र त्यसलाई बरबाद गर्ने काम दैनिकिको हातबाट स्वयम् आफ्नै हातमा लिए । मार्च १९२१ मा क्रासटाडका नाविकहरूले विद्रोह गरिदिए । आफ्नो राष्ट्रपति लेनिनको नेतृत्वमा रूसी सरकार यी विभिन्न आक्रमणहरूको बावजूद सुरक्षित रहिरह्यो ।
यसले आश्चर्यजनक दृढताको परिचय दियो र साधारण जनता अत्यधिक कठिनाईपूर्ण परिस्थितिहरूमा पनि पूणर् निष्ठा र इमान्दारीपूर्वक यस सरकारको पक्षमा दृढतापूर्वक उभिए । ई. १९२१ को अन्तसम्म ब्रिटेन र इटली दुवैले साम्यवादी शासनलाई एकप्रकारले स्वीकार गरेका थिए । तर बोल्सेभिक सरकार एकातिर विदेशी हस्तक्षेपहरू र आन्तरिक विद्रोहहरूको विरुद्धमा आफ्नो संघर्षमा सफल भएको थियो भने अर्कोतिर रूसमा साम्यवादी सिद्धान्तहरूमाथि आधारित एक नयाँ सामाजिक व्यवस्था स्थापित गर्दा त्यति खुशी थिएनन् ।
रूसी किसान साना र भोका मालिक हुन् तथा विचारहरूमा साम्यवादबाट त्यति नै टाढा छन् जति कि श्वेल माछा उड्न सक्नबाट । क्रान्तिले उनीहरूलाई भूस्वामीहरूको जमिन त दियो तर त्यसबाट कुनै पनि प्रकारले अनाज उत्पादन गराउन सकेनन् । साथै क्रान्तिले अन्य कुराहरूको अलावा मुद्राको मूल्यलाई नष्ट गरिदिएको थियो । युद्धको क्रममा रेल व्यवस्था ध्वस्त भएको कारण पहिलेदेखि अव्यवस्थित भइसकेको कृषि उत्पादन यति गिन्यो कि त्यो किसानहरू स्वयंको उपभोगको लागि मात्र पर्याप्त रहनगया ।
शहर भोकै मन लाग्यो । कम्युनिष्ट सिद्धान्तहरूको आधारमा अत्यधिक औद्योगिक उत्पादन गर्ने तिनको शीघ्रता र दुर्नियोजित बेगले गरिएका प्रयास पनि त्यति नै असफल रहे । १९२० मा रूसले एक आधुनिक सभ्यताको पूणर् विनाशको अनुदाहरणीय र आश्चर्यजनक दृश्य उपस्थित गर्यो । रेलवेले जंग खाइरहेको थियो र प्रयोगभन्दा बाहिर हुँदै गइरहेको थियो । नगर बरबाद भइरहेका थिए र हरेक ठाउँमा धेरै संख्यामा मृत्यु भइरहेको थियो तर पनि यसको बावजुद देश अझै पनि आफ्ना शत्रुहरूसँग देशको प्रवेशद्वारमा नै लडिरहेको थियो । ई. १९२१ मा युद्धबाट बर्बाद भइसकेका दक्षिण-पूर्वी प्रान्तहरूमा किसानहरूको जीवनमा खडेरी र अकालको आगमन भयो ।
लाखौं मानिस भोकले मरे । यी अविश्वासले पूणर् स्थितिहरूमा पुनर्निमाणको गतिलाई धीमा गर्ने फैसला गरियो । एक नयाँ आर्थिक नीतिलाई स्वीकार गरियो तथा निजी स्वामित्व एवम् उद्यमहरूलाई पुनःबहाल गर्नको लागि पर्याप्त स्वतन्त्रता दिइयो । परिणामस्वरूप उत्पादक गतिविधिहरूको आंशिक बहाली सभव हुनसक्यो । यस्तो प्रतीत भयो जस्तो कि रूस रचनात्मक समाजवादबाट भट्किरहेको होस् र १०० वर्ष पूर्वको संयुक्त राज्यको समानान्तर स्थिति पैदा गरिरहेको होस् ।
साना अमेरिकी किसानहरूका बराबर किसानहरू, कलकहरूको एक सम्पन्न वर्ग पैदा हुनगयो । साना स्वतन्त्र व्यापारीहरूको संख्या कैयौं गुना बढ्न गयो । तर कम्युनिष्ट पार्टी यस तरिकाले आफ्नो लक्ष्यलाई त्याग्ने र रूसलाई १०० वर्ष पूर्वको अमेरिकी पथको अनुगमन गर्नदिनको लागि तयार थिएन । ई. १९२८ मा देशलाई पुनः विकासको कम्युनिष्ट सिद्धान्तमा फर्काएर लैजाने जोडदार प्रयास प्रारम्भ हुनगयो । एक पञ्चवर्षीय योजना तयार गरियो, जसको लक्ष्य राज्यको अधीन उद्योगहरूको तीव्रतापूर्वक विस्तार गर्नु विशेषगरी भारी वस्तु उत्पादनको क्षेत्रमा तथा किसानहरूको सानो पैमानामा उत्पादनलाई ठूला सामूहिक खेतीमा परिवर्तन गर्नु थियो ।
अत्यन्त कठिनाइपूणर् स्थितिहरूमा योजनालाई लागू गरियो, जसमा प्रमुख थिए, आम जनताको निरक्षता तथा व्यापक पिछडिएको अवस्था, सक्षम फोरमेनहरू र प्राविधिक श्रमिकहरू पर्याप्त नहुनु तथा पश्चिमी दुनियाँको असहयोग एवम् खुल्ला शत्रुता । यसको बावजुद औद्योगिक क्षेत्रमा महत्वपूणर् सफलताको दावी गरियो । यस प्रगतिमा बर्बादी भयो र यसको अनुपातमा कमी थियो, तर जुन प्रगति गरियो त्यसलाई इन्कार गर्न सकिंदैन । यी साहसिक र तीव्र परिवर्तनहरूको प्रभाव कृषिमा सन्तोषजनक थिएन र १९३३-१९३४ को चीसो मौसममा रूसमा एकपटक पुनःखाद्यको कमीको सामना गर्नुपर्यो ।
अझै पनि निजी मुनाफामाथि आधारित पुँजीवादी व्यवस्थाको परिणामहरूको आँकलनमा लागेको बाँकी दुनियाँले जिज्ञासा, अविश्वास तथा सम्मानको मिश्रणसँगै रूसी प्रयोगको सर्वेक्षण गरियो । पुरानो व्यवस्थाले पनि खराब तरीकाले नै काम गरिरहेको थियो । यसले क्रयशक्तिलाई आधा आवादीसम्म सीमित गरिरहेको थियो र आफ्नो प्रगतिशील गतिशीलतालाई अत्यन्तै तीव्रतापूर्वक त्यागिरहेको थियो ।
यो आत्मसन्तुष्ट थिएन । ‘योजना’ सारा संसारमा फैलियो । आर्थिक संकटहरू, जसको विषयमा आउँदो अध्यायमा बताइनेछ, बढ्नुको साथसाथै योजनाहरूको संख्या पनि बढ्दै गयो । १९३३ सम्म कुनै पनि यस्तो स्वाभिमानी नेता थिएन जससँग आफ्नो योजना नरहेको होस् । यसप्रकार संसारले रूसलाई अत्याधिक सम्मानित गर्यो ।
एच.जी. वेल्सद्धारा लिखित ‘विश्वको इतिहास’बाट ।