काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीमा व्यक्तिवाद हावी भएको आरोप लगाएका छन् ।
शुक्रबार सुरू भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा लिखित धारणा राख्दै श्रेष्ठले नेताहरूको साँठगाँठ दलाल तथा नोकर पुँजीवादीहरूसँग बढेको बताएका हुन् ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्ने विषयमा श्रेष्ठ र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मतभेद भएको थियो । श्रेष्ठ एमसिसी पास गर्न नहुने पक्षमा थिए भने प्रचण्डले व्याख्यात्मक घोषणा सहित पारित गर्ने अडान लिएका थिए ।
श्रेष्ठले यसबारे सार्वजनिक रूपमै असन्तुष्टि पोखेपछि प्रचण्डले उनलाई पार्टी छोडेर जान स्वतन्त्र रहेको बताएका थिए ।
‘सालदेखिको सम्बन्ध भएका प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छोड भन्नुभयो,’श्रेष्ठले भने,‘विकास हाम्रै बलबुताले गर्नुपर्छ । अमेरिका भनेको साम्राज्यवादी शक्ति हो ।’