• मंसिर ९ २०८१, आईतवार

एमसीसी पास हुनु स्वागतयोग्य : भट्टराई

फाल्गुन १६ २०७८, सोमबार

काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसी पारित हुनु स्वागतयोग्य भएको बताएका छन् ।

उनले एमसीसी प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् भन्ने कामना पनि गरेका छन् ।

ट्वीटरमा उनले भनेका छन्, ‘विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ । पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिँ मेहनत गर्नैपर्ला ।

यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् ।’
प्रतिनिधिसभामा एमसीसी आइतबार बहुमतले पारित गरेको थियो ।