• बैशाख २२ २०८३, मंगलवार

कांग्रेसको १६  जिल्लामा हुन बाँकी अधिवेशन फेरि स्थगित

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी अधिवेशन फेरि स्थगित भएको छ ।

कांग्रेसले बुधबार एक सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । यसअघि

फागुन १५ गतेदेखि अधिवेशन हुने भनिएको थियो ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।