• बैशाख २२ २०८३, मंगलवार

भाँडाकुँडाहरु चोरी गर्ने गिरोह पक्राउ

फाल्गुन ११ २०७८, बुधबार

सोलुखुम्बु । सोलुखुम्बुमा विभिन्न भाँडाकुँडाहरु चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न क्षेत्रबाट भाडाँ तथा अन्य सामाग्रीहरु चोरी गरी कवाडीमा बिक्री गर्ने ३ जनालाई चोरी गरिएको सामाग्रीसहित सल्लेरीबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका-१ टाक्सिन्दुका २१ वर्षीय रोशन तामाङ, भारतको पश्चित भगांल उत्तरदिनाक्पुर ठाना इटहरा कपासीय घर भएका ५२ वर्षीय साजन अली र सोही ठेगानाका ४३ बर्षीय फाराज अली रहेका छन्।

उनीहरु मध्ये रोशन तामाङले गाउँबाट तामा, पित्तल, फलाम लगायतका समाग्रीहरु चोरी गरेर ल्याउने गरेका थिए भने फराज र साजनले सल्लेरीमा बसेर खरिद गर्ने गरेको प्रहरी निरीक्षक ढकालले बताए।

पक्राउ परेका ब्यक्तिको साथबाट तामाको झ्याँगा २२ थान, बाटा २ थान, लोटा २ थान, डाली १ थान, पैनी ३ थान, खड्कुला ३ थान, पितलको भाँडा १ थान, सिलबरको कुकुर १ थान, सोलार व्याट्री ४ थान, फलामको तराजु १ थान र पेट्रोलमेस ३ थान प्रहरीले बराबद गरेको छ।