• बैशाख २२ २०८३, मंगलवार

काठमाडाैंस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ ।

बुधबार समाजले ‘रुस : युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर’ लगायत नारा लेखेको ब्‍यानरसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

आजै नेपालले युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ ।