• बैशाख २२ २०८३, मंगलवार

संसद बैठकमा अनिवार्य उपस्थित हुन काँग्रेस संसदलाई निर्देशन

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ।

काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले बिहीबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिइन्।

फागुन ८ गते संसदमा दर्ता भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरु हुँदैछ। एमसिसीबारे छलफल सुरु हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको उनले बताइन्।