• बैशाख २२ २०८३, मंगलवार

नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच सङ्घर्ष चलिरहेको छ : प्रचण्ड

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको दाबी गरेका छन् ।

बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्टाउन भरमग्दुर कोसिस गर्ने गरेको र अहिले नेपालमा पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको उल्लेख गरेका छन्। क्रान्ति विरोधीहरूले कैयौँ षड्यन्त्र रचेको र भ्रम छरिरहेको तर आफूहरूले सबै प्रपञ्चको जालो चिरेर विजयी हुने प्रचण्डको जिकिर छ ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको छ ।’उनले फेसबुकमा लेखेका छन्, ‘उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ’।

अमेरिकी सहयोग परियोजना (एमसिसी)ले सत्ता गठबन्धन भत्कने आशंका बढिरहेको बेला प्रचण्डको यस्तो भनाइ आएको हो।