काठमाडौँ। लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौसलटारमा उनको निधन भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिएकी हुन् ।
उनका अनुसार आज बिहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए। सोही क्रममा उनको निधन भएको बताइएको छ।अहिले उनको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामालले चलचित्र र टेलिश्रृंखलामा लगायत धेरै लोकगीत गाएका छन् । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।
उनका चुइँ चुइँ चुइँकने जुत्ता, उहिले त नब्बे साल, भोलि यतिखेर, हेर्दा राम्रो, मुलाको चाना, सलल पानी, कलकत्ते काइँयो लगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।