काठमाडौँ। कास्की प्रहरीको हिरासतमा रहेका चर्चित र्यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका र्यापर ‘लाउरे’ कास्की जिल्ला आदलतको आदेश अनुसार मंगलबार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन्।
गत पुस १४ गते लागूऔषध प्रयोग तथा कारोबार गरेको अभियोगमा ‘लाउरे’सहित चार जनालाई प्रहरीले पोखराको पृथ्वीचोकबाट नियन्त्रणमा लिएको थियो ।