काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका–११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट स्थानीय ४० बर्षीय पटहरी थारुको मृत्यु हुन गएको छ । दुर्घटना हुँदाका बखत थारु पैदलयात्रा गरिरहेका थिए ।
लु. ४ प. ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा बुटवल क्रिमशन अस्पतालमा सोमबार राती साढे ९.० बजे मृत्यु भएको हो ।
जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको मोटरसाइकलले बेलुकी पौने ९ बजे पैदलयात्री थारुलाई ठक्कर दिएको थियो ।