• बैशाख २२ २०८३, मंगलवार

एमसीसी प्रक्रिया अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश

फाल्गुन ९ २०७८, सोमबार

काठमाडौं । सर्वोच्च अदालतमा एमसीसी सम्झौतालाई लिएर रिट निवेदन पेश भएको छ ।

सोमबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रतिनिधिसभामा एमसीसी प्रक्रिया अघि नबढाउन निवेदन पेश गरेका हुन् । अदालतका कर्मचारीले मंगलबारभित्र निवेदनबारे टुंगो लगाउने भएका छन् ।

रिट निवेदनमा डा.भण्डारीले एमसीसीसम्बन्धी अहिलेसम्म अघि बढाइएका काम बदर गर्न पनि माग गरेका छन् ।

रिटमा एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दावी गरेका छन् । निवदेनमा भनिएको छ, ‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनता प्रतिकुल रहेको छ ।’